Logo
३० असार २०८२, सोमबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक मात्रै एसियाली टिम जापन बेल्जियमसंग भिड्दै

निकै चासोको विषय बनेको जापान एसियालाई प्रतिनिधित्व गर्दै जारी विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ ।फेयर प्लेको आधारमा अन्तिम १६ मा प्रवेश पाएको कारण आजको खेलमा जापान शत प्रतिशत जित निकाल्न चाहन्छ ।

उसका लागि केईसुके होण्डा, टिनोउ, कागावा, र ओसाको जस्ता खेलाडीको उपस्थितिले जितको आशा देखिएको छ । समुह चरणमा अपराजित रहेको बेल्जियम समुह विजेता बन्दै प्रिक्वाटरफाईनलमा प्रवेश गरेको थियो । विश्वकपको सेमिफाईनल सम्म पुगेको वेल्जियम यो पटक उपाधि नै जित्न चाहन्छ । उसका लागि बेल्जियमका हरेक खेलाडी हेर्दा राम्रो देखिने र मैदानमा गतिलो फर्ममा रहेको प्रमाणित गरीसकेका छन् ।

इंग्ल्याण्ड जस्तो बलियो टिमलाई समुह चरणमा हराउदा विश्वकपमा निकै फर्ममा रहेका रोमेलु लुकाकु नायक बनेका थिए । आजको खेलमा जापानलाई वेल्जियमका लुकाकुलाई रोक्नु मुख्य चुनौती बन्नेछ । यी अन्मित ८ को लागि रोस्टोभ एरेनामा नेपाली समय अनुसार पौने १२ बजे हुनेछ ।

 

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्