Logo
११ बैशाख २०८१, मंगलबार
(July 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षाका कारण आवतजावतमा समस्या

लहान : लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामाअविरल वर्षाका कारण पानी जमेकाले जनजीवन प्रभावित भएको छ ।

गत शनिबार देखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोक लगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।

मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ । नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्नसमेत कठिनाइ भएको स्थानीय महेन्द्र साहले बताए ।

अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकाम लगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।

प्रकाशित मिति: Jul 2, 2018

प्रतिक्रिया दिनुहोस्