Logo
१३ बैशाख २०८१, बिहीबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मेनपावर’पछि एजुकेशन कन्सल्टेन्सीहरुलाई कारवाही थाल्ने सरकारको तयारी

काठमाडौं : सरकारले मेनपावर ब्यवसायीहरु धमाँधम कारवाही गर्न थालेपछि बजारमा हलचल मच्चिएकै बेला एजुकेशन कन्सल्टेन्सीहरुलाई कारवाही थाल्ने तयारी थालिएको छ ।

समाचार श्रोतका अनुसार पढ्नलाई बिदेश पठाउने नाममा बिभिन्न एजुकेशन कन्सल्टेन्सीहरुले ठगी गर्ने गरेको भन्दै शिक्षा मन्त्रालयले कारवाही थाल्ने तयारी गरेको हो ।

सरकारले सुरुमा अस्ट्रेलिया पठाउन रोक लगाउने तयारी थालिएको बुझिएको छ । शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार बिभिन्न एजुकेशन कन्सल्टेन्सीहरु ब्यपक रुपमा ठगी गर्ने गरिएको निकै धेरै गुनासो आएपछि सरकार तातेको हो ।

नयाँ आर्थिक वर्षको सुरुवातमै एजुकेशन कन्सल्टेन्सीहरुलाई कारवाही थाल्ने तयरी सरकारको रहेको छ । पछिल्लो पटक सरकारले मेनपावर क्षेत्रमा सुपरिवेक्षणका नाममा कडाई गरेको छ ।

बैदशिक रोजगार क्षेत्रमा सबैभन्दा बढी कामदार जाने गरेको भनिएको मलेसिया पठाउन रोक सरकारले लागाएको छ ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्