Logo
५ चैत्र २०८१, बुधबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ ।

श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएका थिए । जलचिकित्सा र चिकित्सकको सुझाव अनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताएकी छिन् ।

स्वास्थ्यमा सुधार आएपछि उनीहरु आईतबार राति काठमाडौँ आउँदै छन् । उनीसँगै गएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन् । यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उनले बताईन ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्