Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्चुगललाई २-१ गोलले हराउँदै उरुग्वे क्वार्टरफाइनलमा प्रवेश

एजेन्सी :  रुस विश्वकप २०१८ को नकआउट चरणको दोश्रो खेलमा उरुग्वेले पोर्चुगललाई हराएको छ । शनिबार राति भएको खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सोचीमा भएको खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो । उरूग्वेका लागि ‍इडिसन काभानीले गोल गरेका थिए। उनले खेलको ७ औं मिनेटमा लुइस स्वारेजको क्रसफिल्डबाट उपलब्ध बललाई हेडमार्फत पहिलो गोल गरे ।

पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगलका लागि दोस्रो हाफको ५५ औं मिनेटमा खेलमा फर्कियो । पोर्चुगलका लागि सो गोल पेपेले गरे ।

पोर्चुगलको बरबरीलाई उरुग्वेले धेरै बेर टिक्न दिए्न र उरुग्ेवका लागि फेरि एकपटक काभानीले गोल गरे । पोर्चुगललाई निराश बनाउने क्रममा खेलको ६२ औं मिनेटमा काभानीले गोल गदै २-१ गोलको अग्रता दिलाए । टोलीलाई दुई गोलको योगदान दिदै क्वाटरफाइनलका यात्रा तय गरेका काभानी त्यसको केही समयपछि घाइते हुँदै मैदान छाड्न बाध्य भए ।

९० मिनेट सकिएपछि थपिएको ४ मिनेटको अतिरिक्त समयमा रोड्रिगेजले वान भर्सेज वानको अवस्थामा गोल गर्ने सुन्दर मौका खेर फालेका थिए । त्यस्तै खेलमा पोर्चुगलले अग्रता लिने केही मौकाहरू पाएको भए पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन ।

अघिल्लो चरणमा उरूग्वेको भिडन्त फ्रान्ससँग हुनेछ । यसअघि शनिबार भएको नकआउट चरणको पहिलो खेलमा पूर्व उपविजेता अर्जेन्टिनालाई ४-३ ले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति: Jul 1, 2018

प्रतिक्रिया दिनुहोस्