Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगंजमा १ किलो सुनसहित एक युवक पक्राउ

वीरगंञ्ज : वीरगंजमा १ किलो सुनसहित एक युवक पक्राउ परेका छन्। सर्लाहीको हरिपुर नगरपालिका–९ का ३८ वर्षीय सन्तोष कुमार साहलाई पर्सा बिहिबार प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार उनलाई चेकिङको क्रममा प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परका उनी ‘भरिया’ मात्र हुन्, तस्करीका नाइकेलाई प्रहरीले पत्ता लगाउन सकेको छैन ।

सो सुन तस्करीबाटै नेपाल भित्रिएको र भारत लैजाने प्रयास गर्दा बरामद गरिएको प्रहरीले जनाएको छ। केरुङ नाकाबाट सो सुन भित्रिएको आशंका गरिएको छ ।

विमानस्थलबाट लामो समयदेखि भएको सुन तस्करीको सम्बन्धमा हाल बिशेष अनुसन्धान टोली गठन गरी छानबिन भइरहेको छ। ठूलो संख्यामा तस्करहरु पक्राउ परिसकेका छन्। तर, पनि अर्को समूहले सुन तस्करी गरिरहेको छ ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्