Logo
७ बैशाख २०८१, शुक्रबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साम्राज्ञी र धिरजको प्रेमकथा ‘इन्टु मिन्टू लण्डनमा’ टिजर सार्वजनिक

काठमाडौं : चलचित्र ‘इन्टु मिन्टू लण्डनमा’को टिजर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टिजर सार्बजनिक गरिएको हो ।

टिजरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यु अभिनेता धिरज मगरको केमेस्ट्री र लब लाइ प्राथमिकता दिइएको छ रेनषा वान्तवा राई निर्देशित चलचित्र लब स्टोरी जनरामा निर्माण भएको छ । कोरियोग्राफर बाट निर्देशनमा पाइला चलेकी रेनषाले चलचित्र पूर्णतया प्रेमकथामा निर्माण भएको बताइन ।

लण्डनमा ६५ प्रतिशत र बाँकि नेपालमा छायाँकन गरिएको चलचित्रलाई आई कोर फिल्मस्को व्यानरमा प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

निर्देशक रेनषा र निर्माता प्रज्ज्वल समशेरको कथा रहेको चलचित्रमा शारुक ताम्राकारको पनि मुख्य भूमिका रहेको छ ।
अभिमन्यु दिक्षित र रेनषाले लेखेको कथालाइ आभास कर्माचार्यले संवादमा ढलेका हुन् । शैलेन्द्र ध्वज कार्कीको छायाँकन रहेको ‘इन्टु मिन्टु लण्डनमा’मा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्र असोज ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्