Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोलम्बिया समूह एच को विजेता बन्दै नकआउट चरणमा

एजेन्सी : विश्वकप फुटबलअन्तर्गत समूह एच को विजेता बन्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो ।

समारा एरिनामा भएको समूह एच को अन्तिम खेलमा कोलम्बियालाई जिताउन एरि मिनाले निर्णायक गोल गरे। सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै कोलम्बिया समूह विजेता बनेको हो ।

३ खेलमध्ये दुई खेलमा जित र १ खेलमा हार ब्यहोर्दै कोलम्बिया ६ अंकको साथमा समूहको शीर्ष स्थानमा रहेको हो ।

खेलको ७४औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । अन्ततः उनकै निर्णायक गोलमा कोलम्बियाले जित निकालेको हो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

कोलम्बियाले आफ्नो पहिलो खेलमा जापानसँग २—१ गोलले पराजय भोगेको थियो । दोस्रो खेलमा भने पोल्यान्डलाई ३—० गोलले पराजित गरेको थियो ।

प्रकाशित मिति: Jun 29, 2018

प्रतिक्रिया दिनुहोस्