Logo
१५ बैशाख २०८१, शनिबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रालयले त्रास फैल्याएको भन्दै भौतिक पूर्वाधार मन्त्री महासेठ आक्रोषित

काठमाण्डौ, १४ असार । निर्माण व्यवसायी क्षेत्रमा गृहमन्त्रालयले त्रास फैल्याएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ आक्रोषित बनेका छन् । निर्माण क्षेत्रको नियमन गर्ने मन्त्रालय आफ्नो भए पनि गृहमन्त्रीले अनावश्यक हस्तक्षेप गरेको भन्दै महासेठ असन्तुष्ट बनेका हुन् ।

गृहमन्त्री रामबहादुर थापाले ठेकेदार अर्थात निर्माण व्यवसायीलाई पक्राउ गर्न आदेश दिएसंगै दुवै मन्त्रीबीच तनाव बढेको थियो । महासेठले गृहमन्त्रीको आदेशप्रति असन्तुष्टी जनाएका थिए । तर गृहमन्त्री थापाले भने तोकिएको समयमा निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायी तथा कम्पनीलाई कडा कारबाही गरेर देश विकासका काम छिटो गराउनुपर्ने अडान लिएका छन् ।

गृहमन्त्रीले काम नगर्ने व्यवसायीलाई पक्राउ गर्न चेतावनी दिए पनि मन्त्री महासेठले सरकारले व्यवसायीलाई पक्राउ नगर्ने आश्वासन दिएका थिए । गृहमन्त्रालयले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड गरेमा तुरुन्त खबर गर्न भनेपछि दुई मन्त्रीबिच विवाद सुरु भएको हो ।

उनले व्यवसायीलाई विगतमा जस्तो व्यवहार नहुने भन्दै घुमाउरो ढंगले गृहमन्त्री थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणमा ढिलासुस्ती गर्ने र कमसल काम गर्नेलाई पक्राउ गर्न निर्माण व्यवसायीलाई पक्राउ गर्न ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।

मन्त्री थापाले सूची बनाएर त्यस्ता निर्माण व्यवसायीलाई पक्राउ गर्न आदेश दिएका थिए । यो आदेशपछि केही व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । महासेठले निर्माण कार्य ढिलो हुनुमा व्यवसायीको मात्र दोष नरहने भन्दै व्यवसायीको बचाउ गरिरहेका छन ।

गृहमन्त्री थापाको निर्देशन बमोजिम समयमा नै काम नसक्ने ठेकेदारहरुको विवरण गृहमन्त्रालयमा आउने क्रम भने जारी छ ।

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्