Logo
११ बैशाख २०८१, मंगलबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवलाई कटाक्ष गर्दे अनिल झा भन्छन्-‘उहाँ कसैको पनि इच्छा पूरा गर्न सक्नुहुन्न’

काठमाण्डौ, १४ असार  : राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले सरकारलाई विश्वासको मत दिएकोमा कुनै पश्चाताप नभएको बताएका छन् । विश्वासको मत दिएको विषयमा पार्टीभित्र विवाद पनि नभएको उनले दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको एक कार्यक्रममा कुरा गर्दै झाले सरकारमा गइएन भने बाँच्नै गाह्रो हुन्छ भन्ने जसरी प्रचार नगर्न आग्रह गरे । राजपाका नेताहरु सरकारमा जानका लागि खुट्टा उचालेर बसेका छन् भन्ने कुरा गलत भएको झाले बताए ।

केही दिन अघि सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपा सरकारमा जान खुट्टा उचालेर बसेको र सरकारमा जाने ईच्छा आफूले पूरा गरिदिने बताएका थिए ।

तर झाले भने राजपाको ईच्छा उपेन्द्रले पूरा गर्न आवश्यक नरहेको जवाफ दिए । अहिले तत्काल राजपा सरकारमा जाने कुनै रणनीति नभएको झाले बताए ।

“उहाँलाई आफै सरकारमा जानु थियो । राजपा सरकारमा जान खुट्टा उचालेको छ भने म इच्छा पूरा गरिदिन्छु भन्नुभयो । हाम्रो ईच्छा पूरा गरिदिनुपर्ने कुनै आवश्यकता छैन । मलाई थाहा भएसम्म उहाँ यो दुनियाँमा धेरै कम मान्छेको मात्रै ईच्छा पूरा गर्नुहुन्छ ।” झाले भने ।

 

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्