Logo
१२ बैशाख २०८१, बुधबार
(June 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमल थापाको आरोप : सरकारको गतिविधिले आशंका पैदा भइरहेको छ

चितवन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन् ।

मिडिया नेपाल चितवनले बिहिबारआयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका पनि रहेको बताए ।

उनले भने, ‘दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ ।’ मुलकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनको भनाइ थियो ।

अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताए ।

 

प्रकाशित मिति: Jun 28, 2018

प्रतिक्रिया दिनुहोस्