Logo
१६ बैशाख २०८१, आईतबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीति संघर्षको युग सकेर अब समृद्धिको यात्रा सुरु भएको छ : प्रधानमन्त्री

काठमाडौँ, १३ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन । ‘राजनीति संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौं,’ बुधबार हनुमान ढोकास्थित गद्दि बैठक भवन पुनर्निर्माणपछिको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भूकम्प पछिको पुनर्निर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध छ ।’

अमेरिकी सहयोगमा रेट्रो फिटिङ सहित पुनर्निर्माण गरिएको उक्त बैठकको उद्घाटन प्रधानमन्त्री ओली र नेपालका लागि अमेरिकी कार्यबाहक राजदूत पिटर ए मलनकले संयुक्त रुपमा गरेका थिए। प्रधानमन्त्री ओलीले यस भवनको पुनर्निर्माण (रेक्ट्रो फिटिङ) का लागि अमेरिकी दूतावासको राजदूत कोषमार्फत सहयोग गरेको थियो।

२०७२ बैशाखको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबारविहीन भएको र सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले त्यहाँ स्मरण गरे। ‘हामी भूकम्पले क्षतिग्रस्त अवस्थामा भएका बेला अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं।’

संविधानसभाले संविधान जारी गरेर नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको भन्दै विदेशी साथ र सहयोग निरन्तर रहने उनले बताए। प्रधानमन्त्रीले अमेरिकी सरकारलाई धन्यवाद समेत दिए। हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने,ऐतिहासिक र साँस्कृतिक महत्वका रहेकाले त्यसलाई जतिसक्दो छिटो पुनर्निर्माण गर्दै पुरानै अवस्थामा फर्काउने समेत प्रधानमन्त्रीले बताए।

नेपाल र अमेरिकाको सहकार्यको यो एउटा अर्को महत्वपूर्ण चरण भएको पनि उनले बताए। अमेरिकी दूतावासले स्वास्थ्य चौकी, विद्यालय भवन पुरातात्विक महत्वका भवन तथा सार्वजनिक क्षेत्रको पुनर्निमाण कार्य अघि बढाएको छ। राजदूत कोष, अमेरिकी सहयोग नियोग युएसआईडी लगातयमा मार्फत सहयोग गरिरहेको छ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्