वाग्मतीको किनारमा युवक र युवतीको शव फेला
काठमाडौं : काठमाडौंमा बुधबार एक युवक र एक युवतीको शव भेटिएको छ । टेकुबाट सानेपा जाने कालोपुलमुनि वाग्मती नदीको किनारमा युवतीको तथा अत्तरखेलस्थित वाग्मती किनारमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।
दुवै मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले मृतकहरुको फोटोसहितको हुलिया सार्वजनिक गरी कसैले चिनेको भएमा खबर गर्न आग्रह गरेको छ ।
मृत भेटिएकी युवती मंगोलियन अनुहारको भएको प्रहरीले जनाएको छ। त्यस्तै युवकको शव नग्न अवस्थामा भेटिएको छ । दुवै जनाको शरीरमा चोटहरु भेटिएकाले हत्या भएको प्रहरी आशंका छ ।