Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप फुटबल: आजपनि चार खेल हुँदै जर्मनी र ब्राजिल गर या मरको अवस्थामा

एजेन्सी : विश्वकप फुटबलमा बधुबार पनि चार खेल हुँदैछ । समूह ‘ई’ र ‘एफ’ का अन्तिम चरणका लिग खेल हुन लागेका हुन्। समूह एफ मा मेक्सिको, जर्मनी र स्विडेन अर्को चरणमा उक्लिने होडमा रहेका छन् ।

आजको खेलमा जर्मनी गर या मरको अवस्थामा रहेको छ । बुधबार बेलुका पौने ८ बजे हुने खेलमा जर्मनी र दक्षिण कोरिया तथा मेक्सिको र स्विडेन भिड्नेछन् । दुई खेलबाट ६ अंक जोडेको मेक्सिकोलाई स्विडेन विरुद्धको खेल बराबरी गरे पुग्नेछ ।

उता ३ अंक जोडेको स्विडेनलाई भने यो खेल जित्नैपर्ने दबाब छ । समूहमा एक जित र एक हारका साथ ३ अंक जोडेको जर्मनीलाई पनि आजको खेल जित्नुपर्ने दबाब छ ।

दक्षिण कोरियासँग बराबरीमा रोकिएको अवस्थामा भने जर्मनीलाई राउण्ड अफ सिक्सटिनमा पुग्न अर्को खेलमा स्विडेन हार्नैपर्ने हुन्छ । विश्वकप फुटबलको समुह ई मा बुधबार ब्राजिल र सर्विया तथा स्विट्जरल्यान्ड र कोष्टारिका भिड्नेछन् ।

यो समुहमा ब्राजिल र स्विटजरल्याण्डको ४–४ अंक छ भने सर्वियाको ३ अंक छ । अर्को चरणमा उक्लिन ब्राजिललाई यो खेल कम्तिमा बराबरी गर्नुपर्नेछ भने सर्वियालाई जित्नैपर्ने दबाब छ । उता स्विट्जरल्यान्डले पनि कोष्टारिका विरुद्धको खेल बराबरी गरेको खण्डमा राउन्ड अफ सिक्सटिनमा छनौट हुने छ ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्