Logo
१५ बैशाख २०८१, शनिबार
(June 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोलाको किनारमा एक पुरुषको निर्वस्त्र शव फेला

काठमाडौं : बौद्ध माकलबारीमा निर्वस्त्र अबस्थामा खोलाको किनारमा अन्दाजी ३०३५ वर्षको एक पुरुषको शव फेला परेको छ । शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको प्रहरीले बताएको छ । मृतकको पहिचान खुलेको छैन ।

बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ । काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेल पनि घटनास्थलमा पुगेका छन् ।

प्रकाशित मिति: Jun 27, 2018

प्रतिक्रिया दिनुहोस्