Logo
१२ बैशाख २०८१, बुधबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोली हानेको झुटो आरोपमा फसाइयो, छानबिन आयोग बनाऊ : श्रीनिवासाचार्य

काठमाडौँ : मोरङको विराटनगरमा २०७४ चैत्र २५ गते गोली लागेका युवा सन्त श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाइएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरेर उनले जिल्ला अदालत मोरङले सामान्य तारेखमा रिहा गरेको जानकारी गराउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

असार ८ गते जिल्ला अदालत मोरङबाट सामान्य तारेखमा रिहा भएका आचार्यले पत्रकारहरुलाई ‘पात्रकार’ नबन्न समेत आग्रह गरेका छन् । ‘पत्रकार समाजको आँखा हो, त्यो आँखामा छारो परेमा राम्ररी देख्न सकिँदैन, सत्य सूचना समाजमा जान बञ्चित हुन्छ, मेरोबारेमा जान्न पत्रकारले जुन भूमिका खेल्नुपर्ने थियो, हुन सकेन’, उनले गुनासो गरे, ‘मैले सरकारबाट न्याय पाउन सकिनँ, उल्टै मेरा शुभचिन्तक र अंगरक्षकलाई चरम यातना दिएर बलजफ्ती औंठा छाप लगाउने काम गरियो, झुटको खेती गरेर अपराधीलाई उन्मुक्ति दिइयो, यसको भित्री कारण खोज्न कोही तयार भएन, मलाई दुःखित बनायो ।’

‘तर दुःखको कुरा मलाई नै कुनै कुरा बोल्न नदिएर एकतर्फी पत्रकार सम्मेलन गरेर आफूले आफूमाथि गोली प्रहार गर्न लगाएको हो भन्ने समाचार विश्वले थाहा पाउने गरी प्रकाशित भए, सत्य जानेर समाचार लेखिएन, मनगढन्ते र अरुका कुरा सुनेर समाचार ए’, उनले भने ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्