Logo
८ बैशाख २०८१, शनिबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर बिदामा आएका सशस्त्र प्रहरीले श्रीमतीकोे हत्या

भीमदत्तनग : घर बिदामा आएका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरीमा एक सशस्त्र प्रहरीले श्रीमतीको हत्या गरेका छन् ।

मंगलबार बिहान खेतमा धान रोपिरहेकी तिलाचौरकी २७ वर्षीया सीता कार्कीलाई उनका श्रीमान् केशव कार्कीले खेतमै हत्या गरेको जिमुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जनकबहादुर ऐरले जानकारी दिएका छन् ।

‘बिहान घरबाट धान रोप्नसँगै निस्केका रहेछन् ।’घटनास्थलबाट प्रहरी सहायक निरीक्षक ऐरले भने, ‘खेतमै श्रीमतीको टाउकोमा हिर्काएको देखियो ।’ केशव कार्की सशस्त्र प्रहरीका जागिरे रहेको उनले बताए । हत्या अभियोगमा कार्कीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पु¥याइएको छ । प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्