Logo
१३ बैशाख २०८१, बिहीबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुमुल्य वस्तुहरुको कला प्रदर्शनीमा दुनियाकै महंगो टेबुल : मूल्य १ अर्ब २६ करोड

बेलायतको लण्डनमा बहुमुल्य वस्तुहरुको कला प्रदर्शनी हुँदैछ र त्यसमा ४ सय वर्ष पुरानो एउटा टेबुल १ अर्ब २६ करोड रुपैयाँ सुरुवाती मूल्य सहित लिलाम बढाबढमा राखिनेछ ।

मामुली प्रयोगका सामानहरु पनि दुनियामा करोडौं मूल्यमा लिलामी भएका खबरहरु हामीले सुन्दै आएका छौं । अब यही क्रममा एउटा टेबुलले अर्को विश्व कीर्तिमान कायम गर्दैछ ।

सन् १५६८ मा फ्लोरेन्सको राजगद्दीका उत्तराधिकारी फ्रान्सेस्को डी मेडिसीले विख्यात कलातकार तथा आर्किटेक्ट जर्जियो वासारीबाट उक्त टेबुल तयार पारेका थिए ।

यति बहुमूल्य हुनुमा यो टेबुलको ऐतिहासिकताका साथै यसको विशेष प्रविधिका कारणले पनि हो ।

यो टेबुल पिएत्रे ड्युरे नामको एउटा प्रविधिको सहयोगमा तयार गरिएको हो । जसमा निकै पातला तथा बहुमुल्य कलात्मक पत्थरहरु सयौँको संख्यामा जडान गरिएको छन् । यो टेबुल बनाउनका लागि सेतो रंगका सिंगमर्मरका टुक्राहरुको पनि प्रयोग गरिएको छ ।

यो टेबुल बनाउनमै १० वर्ष लागेको थियो । र, त्यो समयको सबैभन्दा महंगो कलात्मक वस्तु रहेको इतिहासमा उल्लेख छ । लण्डनमा २८ जुन देखि ४ जुलाई सम्म चल्ने मास्टरपिस लण्डन कला महोत्सवमा यो टेबुल लिलामीमा राखिनेछ ।

एजेन्सी

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्