Logo
१५ चैत्र २०८०, बिहीबार
(June 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इरानसँग १–१ गोलको बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश

काठमाडौं : रसियामा जारी विश्वकप २०१८ को खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ ।

पोर्चुगलले मध्यान्तरसम्म १–० को अग्रता लिएको थियो । पोर्चुगलका खेलाडी रिकार्डो करिष्माले खेलको ४५ औं मिनेटमा गोल गर्दै पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो ।

त्यस्तै खेलको दोस्रो हाफमा पोर्चुगलका कप्तान रोनाल्डोले इरानविरुद्ध पाएको पेनाल्टी मिस गरेका थिए । रोनाल्डोले पेनाल्टी मिस गरेपछि खेल बराबरीमा सकिएको हो ।

खेलको ५३ औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने मौका गुमाएका थिए ।

खेलको अतिरिक्त समयमा पाएको पेनाल्टीबाट इरानले बराबरी गोल गरेको हो ।

योसँगै पोर्चुगल ५ अंकसहित दोस्रो चरणमा प्रवेश गरेको छ । यो नतिजापछि पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।

प्रकाशित मिति: Jun 26, 2018

प्रतिक्रिया दिनुहोस्