Logo
७ बैशाख २०८१, शुक्रबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदलाई प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन भोलिका लागि सर्‍यो

काठमाडौँ, असार ११ : प्रतिनिधिसभाको विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । चीनको ६ दिने राजकीय भ्रमणबाट सकेर आइतबार स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलील सोमबार दिउँसो संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

विनियोजित विधेयकमाथिको छलफल जारी रहेका कारण प्रधानमन्त्री ओलीले मंगलबार संसदलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सरेको बताए ।

‘प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ बजे संसदलाई सम्बोधन गर्नुहुनेछ’, उनले भने संसद सचिवालयकै आग्रहका कारण आज उहाँले आफ्नो सम्बोधन कार्यक्रमलाई स्थगित गर्नुभएको हो । मंगलबार संसदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायतका कार्यालयको मन्त्रालयगत छलफल हुने कार्यक्रक्रम रहेको छ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्