Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब एसीको तापक्रम २४ डिग्री सेल्सियस भन्दा तल बनाउन नपाउने

अब चाँडै नयाँ किनिने एअर कण्डिस्नर (एसी) मा २४ डिग्री सेल्सियसभन्दा कम तापक्रम बनाउन नमिल्ने सेटिङ्ग राखिँदैछ । यो कदम एसीले गर्ने विद्युत खपतमा किफायती ल्याउनको लागि चाल्न लागिएको हो ।
विद्युत कम गर्नको लागि चिसोको जस्तै अधिकतम तापक्रमको पनि सीमाबारेमा सरकारले विचार गरिरहेको छ ।

यो योजना शुरुवात गर्नको लागि तत्काल उर्जा मन्त्रालयले एयरपोर्ट, होटल, सपिङ्ग मलजस्ता व्यवसायिक तथा सार्वजनिक सस्थापनहरुलाई २४ डिग्री सेल्सियसभन्दा न्यून तापक्रम नराख्न आग्रह गर्नेछ ।आम धारणा र ६ महिने सचेतना अभियानपछि मन्त्रालयले यसलाई अनिवार्य गर्ने सोच बनाएको छ । मन्त्रालयले जारी गरेको एक वक्तव्य अनुसार शुक्रबार यस बारेमा एसी निर्माताहरुसँग छलफल गरिएको थियो ।

“प्रत्यक एक डिग्रीको फरकले विद्युत खपतमा ६% को बचत हुन्छ । मानिसको शरीरको औसत तापक्रम ३६–३७ डिग्री सेल्सियस हो तर अधिकाशंं होटेल र कार्यालयहरुको तापक्रम १८–२१ डिग्री सेल्सियसको बीचमा राखिन्छ । यो असुविधाजनक मात्र होइन की अस्वस्थ पनि हुन्छ ।”

भारतमा सरकारको विद्युत किफायती व्युरोका अनुसार हालकै हिसाबमा अघि बढेमा सन् २०३० मा एसीकै कारणले भारतमा २०० मेगावाट विजुली बढी खपत हुनेछ । यो झन् बढ्न सक्छ किनकी हाल यस देशको ६% घरमा मात्र एसी प्रयोग हुन्छ । यदी सरकारको यो प्रयास सबै उपभोक्ताले कार्यन्वयन गरेमा एक वर्षमा २० अर्ब युनिट विजुली बचत हुनेछ । मेमा अन्तराष्ट्रिय उर्जा एजेन्सीले जनाए अनुसार सन् २०५० सम्म विश्वमा एसीबाट हुने विजुलीमा तीन गुणाले वृद्धी हुनेछ ।

अर्थात त्यसको लागि हाल अमेरिका, युरोपेली संघका सम्पूर्ण राष्ट्रहरु र जापानले उपभोग गरिरहेको कुल विद्युत बराबर विद्युत थप आवश्यक हुन्छ । त्यस्तै अन्तराष्ट्रिय उर्जा एजेन्सीका अनुसार चिसोको लागि एसी र विद्युतीय पङ्खाको प्रयोगले आजको दिनमा नै विश्वको घरमा प्रयोग हुने कुल विजुलीको पाँचमा एक भाग उपभोग गर्छ । त्यो भनेको एसी र पङ्खा मात्रैले विश्वको कुल विजुलीको १०% विद्युत खपत गर्छ ।

तर पछिल्लो समय गर्मी भागमा रहेका अविकसित राष्ट्रहरुमा आर्थिक बृद्धी भइरहेकाले भावि दिनमा एसीको मागमा झनै वृद्धी हुने पक्का छ । सन् २०५० मा विश्वमा एसीको प्रयोगले कुल विद्युत खपतमा उद्योगपछि दोश्रो धेरै उपभोग हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्