Logo
११ बैशाख २०८१, मंगलबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानामाविरुद्ध इंगल्याण्डको पहिलो हाफमै ५ गोल, ह्यारी केनको ह्याट्रिक

काठमाडौं : रसियामा जारी विश्वकप २०१८ को खेलमा पानामामाथि इंग्ल्यान्डले ६–१ को शानदार जित निकालेको छ । शानदार जित निकाले सँगै इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डको जितको लागि कप्तान ह्यारी केनले ह्याट्रिक गरे । त्यस्तै इंग्ल्यान्डका खेलाडी स्टोनले २ तथा लिङ्गार्ड एक गोल गरे ।

खेलको आठौँ मिनेटमा केइरन ट्रिपियरको कर्नरमा जोन स्टोन्सले इंग्ल्याण्डलाई सुरुमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको २२ औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान ह्यारी केनले सजिलै गोलमा परिणत गर्दैै अग्रता दोब्बर पारेका थिए । सन् २००२ मा अर्जेन्टिनाविरुद्ध डेभिड बेकह्यामले गोल गरेपछि विश्वकपमा पेनाल्टीबाट इंग्ल्याण्डका लागि गोल गर्ने केन पहिलो खेलाडी हुन् ।

इंग्ल्यान्डका खेलाडी लिङ्गार्डले खेलको ३६ औं मिनेटमा तेस्रो गोल थपे । इंग्ल्यान्डलाई स्टोनले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ४–० को स्थितिमा पुर्याए । फेरि पहिलो हाफको इन्जुरी समयमा कप्तान केनले पेनाल्टीमै गोल थप्दै अन्तर ५–० मा पुर्‍याए । पहिलो हाफ ५–० ले पछि परेको पानामाविरुद्ध खेलको ६२औं मिनेटमा कप्तान केनले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको आठौं मिनेटमा स्टोन्सको गोलबाट अग्रता लिएको इंगल्याण्डका लागि २२ औं मिनेटमा हृयारी केनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसपछि ३६ औं मिनेटमा लिंगाड, ४० औं मिनेटमा स्टोन्सले गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा फेरि केनले नै पेनाल्टीमार्फत अर्को गोल थपे ।

 

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्