Logo
६ चैत्र २०८१, बिहीबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयी, प्रतिद्वन्द्वी मुहर्रेम इन्सलाई ३३ प्रतिशत मत

टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् । आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ ।

चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।  टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।

यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको बीबीसीले जनाएको छ । टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले बीबीसीसँग एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् । तर उनले विस्तृत मत परिणाम भने दिएका छैनन् ।

टर्कीको सञ्चारमाध्यमहरुले जनाएअनुसार नवनिर्वाचित राष्ट्रपति एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले मुहर्रेम इन्सले भने ३३ प्रतिशत मत पाएका छन् ।

एर्दोगानका प्रमुख प्रतिस्पर्धी इञ्जाले चुनाव निष्पक्ष नभएको दावी गरेका छन् । तर, उनले सामाजिक सञ्जालमार्फत पराजय भने स्वीकार गरेका छन् । उनले प्रजातान्त्रिक लडाइँ जारी राख्ने बताएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्