Logo
१३ बैशाख २०८१, बिहीबार
(June 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आवागमन अबरुद्ध : नारायणगढ-मुग्लिन सडक खण्डका ४ स्थानमा पहिरो

चितवन, ११ असार : नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ ।  प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरो पन्छाउन आयोजनाका डोजरमार्फत काम भइरहेको छ ।

सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले अबरुद्ध सडक खुलाउन काम भइरहे पनि वर्षा जारी रहेकाले असुविधा भएको बताए ।

उनले सडक नखुलेसम्म प्रवेश नगर्न र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधानहरुलाई अनुरोध समेत गरे ।वर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि काम भइरहेको आयोजनाले बताए पनि प्रभावकारी हुन सकेको छैन ।

प्रकाशित मिति: Jun 25, 2018

प्रतिक्रिया दिनुहोस्