Logo
६ जेष्ठ २०८१, आईतबार
(June 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रकमा काठमाडौं ल्याउँदै गरिएको चरेससहित भारतीय नागरिक पक्राउ

काठमाडौँ : लागु औषध नियन्त्रण व्युरोले २ सय १३ किलो चरेस र २ किलो २५० ग्राम अफिमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

डब्लु बी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा काठमाडौं ल्याउँदै गरिएको चरेस र अफिमसहित चालकलाई शनिबार बिहान ५ बजे कलंकीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने ट्रकका चालक २५ वर्षीय मेराज आलम रहेका छन् । भारतको मोतिहारी जिल्लास्थित पूर्वी चम्पारणका उनले ट्रकमा फल्स बटम बनाइ चरेश र अफिम लुकाएका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद गरिएको अवैध लागूऔषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ ओसार पसार गर्न लागिएको प्रहरीले जनाएको छ ।

यसभन्दा अघिपनि पटकपटक उक्त ट्रकको प्रयोग गरी चालक मेराज आलमले अफिम तथा चरेसको ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 24, 2018

प्रतिक्रिया दिनुहोस्