Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

IPL मा सट्टेबाजी गरि दुई करोड ४० लाख ठगी आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ, असार १० : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको नाममा दुई करोड ४० लाख ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले ठगी आरोपी अमृत भन्ने नथमल अग्रवाल (नागराज) लाई शनिबार काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको जनाएको छ। ४८ वर्षका अग्रवाल धनुषा, जनकपुर नगरपालिका-३ काबासिन्दा हुन्।

उनीमाथि भारतमा भएको आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी प्रलोभन देखाएर दुई करोड चालीस लाख ठगी गरी सम्पर्कविहीन भएको आरोप लागेको प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। अग्रवालको गठीमा महोत्तरी मनरासिसुवा वर्षका ३९ को राकेश सिंहलगायत व्यक्ति परेका छन्।

प्रहरीका अनुसार उनी हाल काठमाडौं पानीपोखरी बस्दै आएका थिए। पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था छ।

प्रकाशित मिति: Jun 24, 2018

प्रतिक्रिया दिनुहोस्