मोेटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
राजविराज : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आईतबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।
त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ४० वर्षीय लालबहादुर तामाङ घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि विराटनगर स्थित न्युरो अस्पतालमा पठाइएको छ ।