Logo
१३ बैशाख २०८१, बिहीबार
(June 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसईईको नतिजा सार्वजनिक : सी ग्रेडमा १ लाख, ‘ए’ प्लस ल्याउने १४ हजार

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महीनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । अक्षराङ्कण प्रणाली (ग्रेड सिष्टम)मा परीक्षाफल प्रकाशन गर्न थालिएकाले कोही पनि विद्यार्थी एसईईमा फेल हुने छैनन् ।

चैत ८ बाट सञ्चालित यस वर्षको एसईई परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५ सय ३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अङ्क) प्राप्त गर्ने १४ हजार २ सय ३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १ सय ३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५ सय १२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८ सय ७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् ।

एसईईका नतिजा नेपाल टेलिकम र एनसेलबाट १६०० नम्बरमा फोन वा एसएमएस गरी प्राप्त निर्देशनअनुसार थाहा पाउन सकिनेछ, अन्य मोबाईल सेवा तथा आईटी कम्पनीहरुले पनि नतिजा सार्वजनिक गरेका छन् । यस्तै www.moe.gov.npwww.doe.gov.npwww.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रकाशित मिति: Jun 23, 2018

प्रतिक्रिया दिनुहोस्