Logo
१३ बैशाख २०८१, बिहीबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतको आदेशमा ५ हजार धरौटी तिरेर आचार्य श्रीनिवास छुटे

काठमाडौं, ८ असार : आफैंलाई गोली हान्न लगाउने भनिएका धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् । उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् ।

गत २५ चैतमा शौच गर्न निस्किएका बेला उनीमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । लगत्तै, प्रहरी अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उनी अाफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरी मुद्दा चलाइएको थियो।

आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोवस्तको महलको १७ नम्बर अनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । र, जिल्ला अदालतको आदेशमा उनलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।

 

 

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्