Logo
६ जेष्ठ २०८१, आईतबार
(June 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् चोरीमा पक्राउ परेका १६ जनाबाट जरिवाना असुल

राजविराज : जिल्लामा जारी रहेको विद्युत् हुकिङ अभियान अन्तर्गत सप्तरीको विभिन्न ठाउँबाट बिहीबार १६ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको विभिन्न नगरपालिका र गाउँपालिकाबाट पोलमा विद्युत् हुकिङ गरिरहेका १६ जनालाई पक्राउ गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । पक्राउ परेका साथबाट एक थान विद्युत् मिटर, दुई थान पानी तान्ने मोटर र एउटा, टिभीलगायतका सामान बरामद गरिएको प्राधिकरणका प्रमुख साहले जानकारी दिए ।

पक्राउ परेका १६ जनासँग प्रत्येक व्यक्तिबाट विद्युत् ऐनअनुसार रु १५ हजार ५०२ का दरले जरिवाना उपर असुल गरेको विद्युत् प्राधिकरण सप्तरीले जनाएको छ ।

प्रकाशित मिति: Jun 22, 2018

प्रतिक्रिया दिनुहोस्