Logo
१५ चैत्र २०८०, बिहीबार
(June 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तकोशीमा ट्रक खस्दा दुई जनाको मृत्यु, सात घाइते

राजविराज : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तकोशीमा बुधबार ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको रामधुनी–१ झुम्का बस्ने ४५ वर्षीय घनश्याम चौधरी र सुनसरीकै बराहा नगरपालिका–१ चतरा बस्ने विनोद बराइली रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । त्यस्तै सोही दुर्घटनामा परी घाइते भएका अन्य सात जनाको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक सिंहले बताए ।

हेटौंडाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ३५६ नं को ट्रकमा को १ क १०४३ नं को स्काभेटर ‘लोड’ गरी जाँदै गरेको अवस्थामा सप्तकोशी नदीमा खसेको थियो ।

प्रकाशित मिति: Jun 20, 2018

प्रतिक्रिया दिनुहोस्