Logo
६ बैशाख २०८१, बिहीबार
(June 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धितोपत्र बजारमा सामान्य अंकले बढ्यो

काठमाडौँ : धितोपत्र बजार सोमबार सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १।९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गमा कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०।४२ बिन्दुले बढेको छ ।

सामेबार कूल १५४ कम्पनीको चार लाख ८४ हजार ६४५ कित्ता शेयर रु १९ करोड ५२ लाख ३४ हजार १२६ मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज पाँच उपसमूहको शेयरमा बढोत्तरी भएको छ भने चार उपसमूहको शेयर घटेको छ । होटल ४।३८, जलविद्युत् नौ, बीमा २२।५२, अन्य ५।२६ र माइक्रोफाइनान्सको ८।७ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ०।५४, विकास बैंक १।२७, फाइनान्स ०।२६ र उत्पादन समूहको शेयर ८।१८ ले घटेको छ ।

प्रकाशित मिति: Jun 18, 2018

प्रतिक्रिया दिनुहोस्