Logo
१३ बैशाख २०८१, बिहीबार
(June 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रशासकीय अदालतसम्बन्धी बनेको विधेयक पेश

काठमाडौँ : राष्ट्रियसभाको आईतबारको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् ।

विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको हो भने ।

यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण शिवाकोटी र चक्रप्रसाद स्नेहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।

प्रकाशित मिति: Jun 17, 2018

प्रतिक्रिया दिनुहोस्