Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्बन्धित मन्त्री नै उपस्थित नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ : विषयगत चार मन्त्रालयका मन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभाको आईतबारको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थिति भएको थिएन । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको छलफल चलिरहेको थियो ।

नेपाली काँग्रेसका अमरेशकुमार सिंहले विषयगत मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थित नभएकाले बैठकको कुनै औचित्य नहुने जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति: Jun 17, 2018

प्रतिक्रिया दिनुहोस्