Logo
८ माघ २०८१, मंगलबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु

बाजुरा : बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा शुक्रबार विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्यत्को खम्बामा हात लगाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रमुखले बताए । मृतक साउदको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्