Logo
१५ चैत्र २०८०, बिहीबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटहरीमा ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण

इटहरी : सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ ।
इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवनको शुक्रबार उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गरेका छन् ।

सो भवनमा दुईवटा प्रदर्शन हल रहेका छन् । एउटा हलको क्षमता २०८ जना अटाउने तथा अर्को हलको क्षमता १०८ जना अटाउने रहेको छ । चलचित्र निर्माता छवि ओझा, चलचित्र वितरकका रुपमा कार्यरत कुवेर शर्मा र कलाकार पृथ्वी प्रसार्इं लगायतको लगानीमा सो हल सञ्चालनमा आएको हो ।

इटहरीमा यसअघि सञ्चालनमा रहेका श्रीकृष्ण टाकिज र पशुपति चलचित्र भवन हाल बन्द छन् । उपमहानगरपालिकामा व्यवसायी रेवती दुलालले सञ्चालन गरेका दुईवटा हल सहितको चलचित्र भवन सञ्चालनमा छ ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्