Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिँचाइ कुलो सञ्चालनमा आएपछि कृषकलाई खेती गर्न सहज

सिन्धुली : दूधौली नगरपालिका–११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएपछि कृषकलाई खेती गर्न सहज भएको छ ।असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि धान रोप्न सहज भएको स्थानीय कृषकले बताएका छन् ।

कुबेत सरकारको रु एक करोड ८३ लाख ९२ हजार सहयोगमा कुलो निर्माण गरिएको पत्रिङ्गा सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष यज्ञबहादुर कार्कीले जानकारी दिए । तीन किलोमिटर लामो सिँचाइ कुलोले कृषकलाई हिउँदे तथा वर्खे खेती गर्न सहयोग पुग्नेछ । सिँचाइ गर्न वषौँदेखि समस्या झेल्दै आएका यहाँका किसानले अब कुलो बनाउनुपर्ने झन्झटबाट मुक्ति पाएका छन् ।

स्थानीय कृषक चन्द्रलाल कुमर भने,’खहरे खोलाको बाढीका कारण बिहान खनेको कुलो बेलुका पुरिँदा हैरान हुन्थ्यौँे’ ।मझौला सिँचाइले सो क्षेत्रको ८५ बिगाहा जग्गा बाह्रैमास सिञ्चित हुनेछ । खोलाको पानी सदुपयोग गरेर तरकारीखेती समेत गर्न सकिने पत्रिङ्गा सिँचाइ जल उपभोक्ता समितिका उपभोत्ता कृष्णकुमार राउतले बताए ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्