Logo
६ बैशाख २०८१, बिहीबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किनेको सामान फिर्ता गर्दा मानिसलाई ३४ अर्बको चिट्ठा

एजेन्सी : यो कुनै काल्पनिक ठट्टा होइन । अमेरिकाका एक ५५ वर्षीय व्यक्तिको जीवनमा घटेको सत्य घटना हो । किनेको सामान फिर्ता गर्नुपर्दा खुसी त कसलाई पो लाग्ला र । तर कहिलेकाहीँ किनेको सामान फिर्ता गर्दा मानिस अर्बपति बन्दो रहेछ ।

न्यु जर्सीमा बस्ने ५५ वर्षका तैयब सूमीले ५ डलर मूल्यमा पसलबाट सुन्तलाको जूसको बोतल किनेर ल्याए । जब उनले ५ डलरमा सुन्तलाको जुसको एउटा बोतल घरमा ल्याए तब उनकी पत्नी किचकिच गर्न थालिन्, महंगो हालेको भनेर । किनकी उनले अढाई डलरमा अर्को पसलबाट सोही जुस किनेर ल्याएकी रहेछिन् ।

त्यसपछि पत्नीको आदेशानुसार तैयब आफूले खरीद गरेको जुसको बोतल फिर्ता गर्न सोही पसलमा पुगे । उनले किनेको जूस फिर्ता गरेर तिरेको पैसा फिर्ता लिए । त्यो पसलमा पावरबल ज्याकपट अर्थात् चिट्ठा खुलेको रहेछ । ज्याकपटमा जित्नेले ३०६ मिलियन डलर जित्ने उल्लेख थियो । त्यसपछि उनले उक्त लट्रीको टिकट खरीद गरे र घर आए ।

चिट्ठा खरीद गरेको भएपनि उनलाई चिट्ठा पर्छ भन्ने कुनै आशा थिएन । अर्को दिन उनी आफ्नो गाडी धुनका लागि सोही स्टोरको बाटो हुँदै ग्यारेजतर्फ गैरहेका थिए । तर पसल अगाडि पुग्ने बित्तिके उनले हिजो खरीद गरेको चिट्ठाको नतिजा चेक गर्ने हेक्का आयो । त्यसपछि उनले आफ्नो टिकट त्यहाँ रहेको मेसिनमा स्क्यान गरे ।

उक्त मेसिनमा टिकट स्क्यान गर्दा सो टिकट बिक्रेतालाई देखाउनु भन्ने सन्देश प्राप्त भयो । उनलाई लाग्यो कि मेसिनमा गडबडी भएकाले त्यो भनियो । उनले सोही सोँचेर उक्त टिकट पसलेलाई दिए ।

जब पसलेले उक्त टिकट चेक गरे, तब होसहबास नै उड्यो । किनकि तैयबलाई भाग्य चिठ्ठा परेको थियो र उनले ३१ करोड ५३ लाख डलरको चिट्ठा जितेका थिए ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्