Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट आज सार्वजनिक हुँदै

काठमाडौं : देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७५।७६ को बजेट आज सार्वजनिक गर्दैछन् ।

प्रदेश सरकारले संविधानमा असार १ भित्र आगामी वर्षको आय–व्यय विवरणसहितको बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । यही प्रावधान अनुसार सातै प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दैछन् । प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेकाले त्यही नीति तथा कार्यक्रमलाई टेकेर सातै प्रदेशहरुले बजेट ल्याउन लागेका हुन् । प्रदेशहरुको अलग–अलग नीति तथा कार्यक्रम भएकाले बजेट पनि त्यही अनुसार आउने अनुमान गरिएको छ ।

जेठ १५ गते १३ खर्ब, १५ अर्ब १६ करोड १७ लाखको अनुमानित बजेट सार्वजनिक गरेको केन्द्र सरकारले प्रदेश तहलाई १ खर्ब ८३ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्रदेश सरकारले केन्द्र सरकारबाट विनियोजित बजेट र आफ्नो आन्तरिक स्रोतको विश्लेषण गरेर बजेट प्रस्तुत गर्नुपर्ने छ ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्