Logo
१३ बैशाख २०८१, बिहीबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ए सोल्टिनी’ को प्रदर्शन मिति तय असार १५ गतेदेखि देशभरका हलमा दर्शन

काठमाडौँ : अभिनेता सविन श्रेष्ठ स्टारर फिल्म ‘ए सोल्टिनी’ को प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए ।
दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सविनसँगै अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् ।
जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी ’मा  सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दावी छ ।
बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्वन्द्व निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् ।

https://youtu.be/6mEOtLv7RLE

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्