Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार बालुवाटारमा बस्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी बैठक पार्टी अध्यक्ष केपि शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको समाजदरीमा शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

बैठकका लागि चारवटा एजेण्डा तयार भएको र बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्ने केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन् । नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्