Logo
१५ चैत्र २०८०, बिहीबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रसियाले साउदी अरेबियालाई ५-० को फराकिलो अन्तरले हरायो

काठमााडौं : उद्घाटन खेलमा साउदी अरेबियालाई ५-० को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।

राति पौने ९ बजे सुरु भएको खेलमा रसियालाई जिताउन डेनिस चेरसेबले २ तथा युरी ग्याजिन्स्की, आर्तेन जुबा र अलेक्जेण्डर गोलोविनले १-१ गोल गरे ।

रसियाले खेलको १२ औं मिनेटमा नै ग्याजिन्स्कीको गोलमा अग्रता लियो । त्यसपछि चेरसेबले ४३ औं मिनेटमा गोल थपेपछि पहिलो हाफमा रसियाले २-० को अग्रता लियो । ७१ औ मिनेटमा जुबाले गोल गरे भने बाँकी २ गोल खेलको इन्जुरी समयमा भयो ।

इन्जरी समयको पहिलो मिनेटमा नै चेरसेबले गोल गरे भने खेल सकिने केही सेकेण्ड अगाडि गोलोविनले गोल गरे ।उसले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्