Logo
९ माघ २०८१, बुधबार
(June 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काम गरिरहेका बेला करेन्ट लागेर एकजना भारतीय मजदूरको मृत्यु

उर्लाबारी : मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा गएराति करेन्ट लागेर एकजना मजदूरको मृत्यु भएको छ ।

उद्योगमा काम गरिरहेका बेला करेन्ट लागेर घाइते भएका भारत, सीतामढी घर भएका २३ वर्षीय रन्जन कुमारको उपचारका क्रममा मृत्यु भएको हो ।

राति १०ः३० बजे मेशिन चलाउने क्रममा करेन्ट लागेर घाइते भएका रन्जनलाई उपचारका लागि नोबेल अस्पताल लगिएकोमा उहाँको सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवा, मोरङले जनाएको छ ।

प्रकाशित मिति: Jun 15, 2018

प्रतिक्रिया दिनुहोस्