Logo
८ जेष्ठ २०८१, मंगलबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुरमा तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान

कञ्चनपुर : जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ ।खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो । भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपानी आयोजनमा सौर्य ऊर्जा जडान भइरहेको सूर्योदय ऊर्जा प्रालिका प्राविधिक नरेन्द्रराज जोशीले बताए ।

‘झलारी र आदर्श खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको काम पूरा भएको छ”, उनले भने, “बेलौरी र त्रिभुवनबस्तीमा एक साताको अवधिमै सौर्य ऊर्जा जडान हुन्छ ।’ प्रत्येक खानेपानी आयोजनमा सौर्य ऊर्जाका ४५ वटा पाता जडान गरिएका छन् । एउटा पाताबाट ३१५ वाट सौर्य ऊर्जा प्राप्त हुन्छ । एउटा आयोजनाका लागि जडान गरिएका पाताबाट करीब १४ किलोवाट सौर्य ऊर्जा प्राप्त हुन्छ ।

विद्युत्को आपूर्ति नहुँदा खानेपानीबाट समेत वञ्चित हुनुपरेको झलारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कमलापति भट्टले बताए । सौर्य ऊर्जा जडानपछि अब उपभोक्ताले बिना झन्झट चौबिसै घण्टा सहज रुपमा खानेपानी पाउने भएका छन् । आयोजनाले बुझाउँदै आएको विद्युत् महशुलसमेत न्यून हुने भएको छ । तराई क्षेत्रमा सौर्य ऊर्जा भरपर्दो रहे पनि बादल लागेका बेला मात्रै आकस्मिक रुपमा विद्युत्को प्रयोग गर्नुपर्ने र अन्य बेला सौर्य ऊर्जाले कार्य गर्ने बताइएको छ । (रासस)

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्