Logo
१६ चैत्र २०८०, शुक्रबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरा लेखनाथ महानगरपालिकामा एक जनाको हत्या ,२ घाइते

कास्की : पोखरा लेखनाथ महानगरपालिका १५ कालिका मार्गमा एक जनाको हत्या भएको छ ।  २ जना घाइते भएका छन् । कालिका मार्गका ४० वर्षका रामजी घलेका ११ वर्षका छोरा ज्ञापनको हत्या भएको हो ।

रामजी र उहाँकी ३५ वर्षकी गर्भवती श्रीमती सुमित्रा ठकुरी घाइते हुनु  भएको छ । उपचारको क्रममा रहेकी गर्भवती सुमित्राको गर्भ पनि खेर गएको छ । दुवै जनालाई उहाँहरुकै घरमा घाँटी रेटेर घाइते भएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । घाँटी रेटिएर घाइते अवस्थामा फेला परेका दम्पतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।

घाइते सुमित्राले मलाई रामजीले मारेको हो भनी, रगतले भित्तामा लेखेको देखिएको कास्की प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम बहादुर राना जानकारी दिनुभयो । रामजी आफैं पनि घाँटी रेटिएको अवस्थामा घाइते भएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्