Logo
११ माघ २०८१, शुक्रबार
(June 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिम नवलपरासीमा बाँसको झ्याङ खस्दा महिलाको मृत्यु

नवलपरासी : पश्चिम नवलपरासीमा मंगलबार साँझ आएको हावाहुरीमा परी एक महिलाको ज्यान गएको छ ।

पानीसहित आएको हावाहुरीले बाँसको झ्याङ खस्दा ५० वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो । भारतको महाराजगञ्ज निचरौल घर भई हाल पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–५ को घरमौरीमा रहेको स्थानीय बेइलादेवी शर्माको उखुबारीमा काम गर्ने ५० वर्षीया बिन्दादेवी राजभरको ज्यान गएको हो ।

हावाहुरीसहित आएको पानीमा ओत लाग्न बाँसको झ्याङमा पुगेकी उहाँलाई बाँसको झ्याङ नै खसेर किच्दा घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलाटारीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Jun 13, 2018

प्रतिक्रिया दिनुहोस्