Logo
६ बैशाख २०८१, बिहीबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तोकिएको मूल्यभन्दा बढीमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने तीन पेट्रोल पम्प बन्द

धनुषा : पेट्रोलियम पदार्थमा कालोबजारी गरेको जनाउँदै जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द गरिएको छ । पेट्रोलियम पदार्थमा कालोबजारी भइरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सोमबार राति ती पेट्रोल पम्पमा छड्के गरेका थिए।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्