Logo
८ बैशाख २०८१, शनिबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्राजिल भ्रमण पूरा गरी नेता नेपाल र श्रेष्ठ आज स्वदेश फिर्ता

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी मंगलबार स्वदेश फिर्ता भएका छन् ।

ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा गएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवाद सम्बन्धी प्रवचन दिएका थिए । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले नेपालमा वामपन्थीको एकताप्रति अन्तर्राष्ट्रिय समुदायले खुशी व्यक्त गरेको जानकारी दिए ।

ब्राजिलमा रहँदा उनहरुले ब्राजिलियन वर्कस पार्टीका नेता तथा सो पार्टी सम्बद्ध बुद्धिजीवीसँग दुई पार्टीबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्