Logo
७ बैशाख २०८१, शुक्रबार
(June 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहाका किसानलाई सात किलोका दरले धानको बीउ वितरण

लहान : सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।
नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।

प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले जानकारी दिएका छन् । यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले बताएका छन् ।

प्रकाशित मिति: Jun 12, 2018

प्रतिक्रिया दिनुहोस्