Logo
७ जेष्ठ २०८१, सोमबार
(June 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

याहूको मेसेन्जर एप आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने

एजेन्सी : याहूको इन्स्टेन्ट मेसेजिङ एप याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो ।

याहूले पछिल्लो केही महिनादेखि क्त्रगष्चचभ िएपको परीक्षण गरिरहेको छ । याहू मेसेन्जर बन्द भएसँगै याहूले यस एपलाई सर्वसाधारणका लागि सार्वजनिक गर्नेछ । यद्यपि, अहिले नै यो एप प्रयोग गर्न चाहनेले पनि बिटा भर्सन प्राप्त गर्नका लागि आवेदन गर्न सक्दछन् ।

याहूले आफ्नो एन्ड्रोइड र आइओएस एप लञ्च गरी आफ्नो मेसेन्जर सर्भिसलाई जिवितै राख्ने कोसिस गरेको थियो । मेसेन्जरको नयाँ भर्सन सन् २०१५ मा लञ्च भएको थियो भने गत अगष्टमा यसको पुरानो भर्सन बन्द गरिएको थियो ।याहू मेसेन्जर च्याट सर्भिस सबैभन्दा पहिले सन् १९९८ मा सार्वजनिक गरिएको थियो । तर समयक्रम सँगै गुगल टक, फेसबुक तथा ह्वाट्सएप आएसँगै याहू मेसेन्जरको लोकप्रियता र प्रयोगकर्ता ह्वात्तै घटेका थिए ।

याहू मेसेन्जरको नयाँ एपमा नयाँ डिजाइनसँगै विभिन्न फिचर्स पनि दिइएको थियो । जसमा मुख्य फिचरको रुपमा अनसेन्ड फिचर थियो । जसको माध्यमबाट प्रयोगकर्ताले कसैलाई पठाएका मेसेज पनि फिर्ता लिन सक्दछन् । तर यावत् फिचरका बाबजुत पनि याहू मेसेन्जर आफ्ना प्रतिस्पर्धी ह्वाट्सएप, आइमेसेज तथा फेसबुक मेसेन्जर लगायतलाई पछि पार्न असफल रह्यो ।

 

प्रकाशित मिति: Jun 10, 2018

प्रतिक्रिया दिनुहोस्